Saturday, May 30, 2015

Hyolmo Gumba | Big Fire (OH MA) Puja

मिति २०७२ साल जेष्ठ महिना १४ गते विहिबारका दिन ह्योल्मो गुम्बाको आयोजनामा साका दावा छेवा च्युको पुण्य तिथिको आवसरमा छोक फुल कार्यक्रम संगै नेपालमा गएको महाभुकम्पमा परी दिवंगत हुनु भएको सम्पूर्ण मानव तथा प्राणी जगतको मृत आत्माले चिर शान्ति मिलोस र महाभुकम्पबाट पिडित तथा त्रसित माहनुभावहरु सम्यम र शान्ति मनको कामना सहित अगामी दिनहरुमा थप कुनै किसिमको प्रकृतिक प्रकोपबाट विपतको सामना गर्नु नपरोस भन्ने प्रर्थना र कामनाले विश्वा शान्तिको लागि जिन्से (महायज्ञा) कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको लागि विशेष सहयोग पुयाउने उद्देश्य इन्डोनेशियका सद् पारामिता मन्दिरको धर्मिक मास्टर झ्यु शान र वहाँका सहकर्मीहरुको उपस्थिती रहनुका साथै ह्योल्मो समुदयका धार्मिक लामा गुरुहरुबाट बौद्ध धर्मको विधि अनुसार पाठपुजा र छोक फुल कार्यक्रम सम्पन्न गरियो । सोही अवसारमा धर्मिक मास्टर झ्यु शान र वहाँका सहकर्मीद्वारा महाभुकम्पबाट क्षति भएको ह्योल्मो समाज सेवा केन्द्रको भावन मर्मातको लागि आर्थिक सहयोग अमेरिकन डलर ६,२००.०० र ने. रु. १०,०००.०० प्रदान गर्नुका साथै वहाँहरुबाट ह्योल्मो समुदय प्रति सदभाव, सहानुभुति तथा शुभ अशिर्वाद प्रदान गर्नु भएकोमा ह्योल्मो समाज सेवा केन्द्रले उच्च मुल्याङ्कन गर्दै तम्रपत्रद्वारा सम्मान चढाइयो ।


 












 














No comments:

Post a Comment