Monday, October 14, 2013

मणि दूङ्ग्यूर जप कार्यक्रम | ह्योल्मो समाज सेवा केन्द्र

मणि दुङ्ग्यूर जप व्यवस्थापन उप–समिति | ह्योल्मो समाज सेवा केन्द्र
ह्योल्मो समाज सेवा केन्द्रमा मणि दुङ्ग्युर कार्यक्रमलाई निरन्तरता दिँदै मणि दुङ्ग्यूर जप व्यवस्थापन उप–समितिद्वारा विश्व शान्तिका लागि तथा सम्पूर्ण प्राणी जीवहरुको कल्याणको लागि आयोजना गरिएको मणि दूङ्ग्यूर (दश करोड) जप कार्यक्रममा यस वर्ष सेर्माथाङ्ग निवासी श्री ज्यावा कान्छा छुम्बु ह्योल्मो तथा श्रीमती कार्चुङ लामा ह्योल्मो(नाङमी)बाट रु २५,०००.००(अक्षरुपी पच्चीस हजार रुपैयाँ ) आर्थिक सहयोगको सुरुवातमा मिति २०७० कार्तिक महिना १ गते शुक्रबार ( दावा ग्येपा छेवा चेङा) देखि कार्तिक १७ गते आइतबार ( दावा ग्येपा नाम्गङ) सम्म हुने जानकारी गराउँदै सो  पुनीत अवसरमा यस केन्द्रको सदस्य तथा सम्पूर्ण बौद्ध धर्मावलम्बीहरु स–परिवार उपस्थित हुनु भई मणि जप गरी पुण्य लाभ प्राप्तीको लागि हार्दिक आमन्त्रण गर्दछौं ।  थुजिक्षे !

आयोजक,
मणि दुङ्ग्युर जप व्यवस्थापन उप–समिति | ह्योल्मो समाज सेवा केन्द्र

कार्यक्रम
स्थानः ह्योल्मो समाज सेवा केन्द्र, बौद्ध, तीनचुली
समय: समय विहान ७ बजे

No comments:

Post a Comment