ह्योल्मो समाज सेवा केन्द्र अन्तर्गत ङ्युङ्ने व्यवस्थापन उप समितिद्वारा
आयोजित ङ्युङ्ने पुजा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमलाई सेर्माथाङ्ग निवासी श्रीमती बोमो सर्किनी ह्योल्मो नाङमीको
(जिन्दक) पूर्ण आर्थिक सहयोगमा स्वायम्भू स्थित साङ्गे छ्योलिङ गुम्बाका
श्रदेय लोवेन ज्यूको अगुवाईमा लामा ढावाज्यूहरुको उपस्थितीमा मिति २०७० साल
असोज महिना २४ गते विहीबार( छेवा डु)का दिन सुभारम्भ गरी २७ गते
आइताबार(छेवा घु)का दिन समापन भएको छ ।
यस बर्ष ङ्युङ्नेमा बस्नुहुने
ब्रतालुको संख्या १२३ जना रहेको छ भने लोवेन र लामा ढावाज्यूहरु गरी जम्मा
१३४ जना रहेको छ । ङ्युङ्नेमा बस्नुहुनेमा महिलाको संख्या धेरै मात्रमा
थियो भने बृद्ध तथा साना भाइ बहिनीहरुले पनि ङ्युङ्ने ब्रत बस्न सफल हुनु
भएको छ । ङ्युङ्नेमा बस्नुहुने ब्रतालुहरु सबै ह्योल्मो समुदायको मात्र
नभई विभिन्न जिल्लाबाट बौद्ध धर्ममा आस्था राख्नुहुने अन्य समुदायबाट पनि
सहभगिता रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन जिन्दक तथा नजिकको
नादेदारहरुले अहम् भूमिका निर्वाह गर्नु भएको थियो भने यस केन्द्रका
ङ्युङ्ने व्यवस्थापन उपसमिति तथा सदस्य महानुभावहरुबाट पनि स्वयं सेवक गरी
रहनु भएको थियो । कार्यक्रमको अन्तिमको दिन श्रदेय लोवेन तथा
लामाढावाज्यूहरुबाट छोक फुल तथा छेवाङ अभिषेक वितरण गर्नु भई ङ्युङ्ने
जिन्दकलाई खादाले वहाँको सहयोगको कदर गर्दै सुस्वास्थ्य तथा दीर्घुको कामना
सहित सम्मान गरी कार्यक्रम समापन गरियो ।
यसरी यस ह्योल्मो समाज सेवा केन्द्रको बार्षिक कार्यक्रममा सहयोग पुर्याउने
हुने सम्पूर्ण महानुभावहरुलाई वहाँहरुको योगदान र केन्द्रको प्रगतिको लागि
अथक प्रयास तथा सहयोगको निमित्त हार्दिक आभार व्यक्त गदै धन्यवाद ज्ञापन
गर्दछ ।थुजिक्षे !
ह्योल्मो समाज सेवा केन्द्र







