Monday, September 30, 2013

ह्योल्मो समाज सेवा केन्द्रको २०औ साधारण सभा सम्पन्न ।

निमा छिरिङ लामा | ह्योल्मो समाज सेवा केन्द्र

काठमाण्डौंः मिति २०७० साल असोज महिना १२ गते शनिबारका दिन ह्योल्मो समाज सेवा केन्द्रको बीसौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा केन्द्रको अध्यक्ष श्री ग्याम्जो शेर्पा ह्योल्मोजूको सभापतित्वमा सम्पन्न भएको हो । 


कार्यक्रममा प्रमुख अतिथि बौद्ध स्थित धाप्साङ गुम्बाका श्रद्धेय धर्मगुरु खेन्पो फिन्जोक दोर्जेज्यूको गरिममाय उपस्थिती रहेको थियो । प्रमुख अतिथिज्यूबाट क्षेमी प्रज्वलान गर्नुका साथै केन्द्रको प्रथम उपाध्यक्ष श्री दाक्पा दोर्जेज्यूबाट धार्मिक मन्त्रोचरणबाट साधारण सभाको उद्घाटन सत्रलाई औपाचरिक रुपमा अगाडि बढाएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा रहनु भएका ह्योल्मो समुदयका विभिन्न संघ संस्थाका प्रतिनिधि र ह्योल्मो समाज सेवा केन्द्रका सल्ला
हकार तथा पूर्व अध्यक्षज्यूहरुबाट साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्यको क्रममा सम्बोधन गर्नु हुँदै ह्योल्मो समाज सेवा केन्द्रको स्थापनाकाल देखि हालसम्माको उपलब्धीहरुलाई प्रष्टाएका थिए । 

केन्द्रको कार्यसमितिबाट प्रगतिको लागि अथा प्रयास जारी रहेको समय सामेक्ष विधानमा व्यवस्था भए बमोजिम तथा आवश्यता अनुसार परिमार्जन गर्दै कार्यक्रमहरुलाई निरन्तरता दिई ह्योल्मो समुदयको आस्थाको केन्द्रविन्दुको रुपमा स्थापना गर्नु पर्ने विषयलाई विशेष जोड दिई रहनु भएको थिए ।


साधारण सभाको बन्द सत्रमा संस्थाको सचिव श्री निमा छिरिङ लामा ज्यूलेबाट प्रस्तुत आर्थिक बर्ष २०६९/७० भित्र गरेका र भएका महत्वपूर्ण कार्यविधिलाई समेटी तयार पारिएको बार्षिक प्रतिवेदन माथि छलफल र सल्लाह सुझावका साथ पारित गरियो भने त्यसै गरी संस्थाको कोषाध्यक्ष श्रीमती निमा याङछेन लामा ज्यूबाट प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन माथि व्यापक छलफल गरी प्रतिवेदनलाई अगामी दिनहरुमा केहि परिमार्जन गर्नको लागि साधारण सभाबाट अनुमोदनका साथ पारित गरिएको थियो ।
साधारण सभाको अन्त्यमा ह्योल्मो समाज सेवा केन्द भित्र उत्पन्न भएका समस्याहरुलाई नितिगत तथा छलफलका मध्यामद्वारा समाधन गर्दै जाने विषयहरुमा आ–आफ्नो विचारविमर्श गरी केन्द्रको अध्यक्षज्यूबाट सभा समापन गरिएको थियो । 





No comments:

Post a Comment